गाजामा मानिसहरुको असह्य पीडा छ : अन्तर्राष्ट्रिय रेडक्रस समितिका अध्यक्ष

 मंसिर १९, २०८० मंगलबार ८:५२:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्यालेस्टिनी क्षेत्रमा रहेका नागरिकको सुरक्षाको आह्वानसहित अन्तर्राष्ट्रिय रेडक्रस समितिका अध्यक्ष युद्धग्रस्त क्षेत्र गाजा पुग्नुभएको छ । रेडक्रसको अन्तर्राष्ट्रिय समितिका अध्यक्ष मिर्जाना स्पोल्जारिक आफू गाजामा रहेको र मानिसहरुको असह्य पीडालाई देखिरहेको सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ ।

कतार, अमेरिका र इजिप्टको मध्यस्थतामा इजरायल र हमासले केही बन्धक र कैदीहरू आदानप्रदान गरेको एक हप्ता लामो युद्धविराम भङ्ग भइ शुक्रवारदेखि पूर्ण रूपमा युद्ध शुरु भएपछि उहाँ गाजा पुग्नुभएको हो । उहाँले गाजामा सर्वसाधारणका लागि कुनै पनि स्थान सुरक्षित नहुनु अस्वीकार्य रहेको बताउनुभएको छ ।

बन्धकलाई रिहा गर्नुपर्ने र आईसीआरसीलाई सुरक्षित रूपमा उनीहरूसँग भेट्न दिनुपर्नेमा उहाँको जोड छ । त्यहाँ सैन्य घेराबन्दीका कारण पर्याप्त मानवीय सहायता पनि सम्भव नरहेको आईसीआरसीले विज्ञप्तिमा जनाएको छ । 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया