समयमै सक्ने विकासका काममा अवरोध पुर्‍याउने निकाय सरकार नै हो : सांसद थापा

 पुस ४, २०८० बुधबार १५:५५:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली कांग्रेसका सांसद एवम् महामन्त्री गगनकुमार थापाले सरकारले समयमा सक्ने भनेर शुरु गरेका विकासका काममा अवरोध पुर्‍याउने सबैभदा ठूलो निकाय सरकार नै रहेको बताउनुभएको छ ।

आज बुधवार सिंहदरबारमा बसेको राज्य व्यवस्था र सुशासन समितिको बैठकमा सांसद थापाले यस्तो बताउनुभएको हो । उहाँले सुरुङ निर्माणका लागि विस्फाेटक पदार्थको कुरा राजनीतिक रूपबाट नटुङ्गिकन सेनाको नेतृत्वलाई जिम्मा लगाएर हुने अवस्था नरहेको बताउनुभयो । उहाँले खोकनाको फास्ट ट्र्याक टुङ्ग्याउन मन्त्रिपरिषद्ले निर्णय गर्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘सबै काम नेपाल सरकारले नै गर्छ । सरकारले समयमा गर्छु भनेर शुरु गरेको विकासका काममा अवरोध पुर्‍याउने सबैभदा ठूलो निकाय भनेको ऊ आफैँ नै हो । विस्फाेटक पदार्थको कुरा राजनीतिक रूपले नटुङ्गिकन सेनाको नेतृत्वलाई जिम्मा लगाएर हुने अवस्था छैन । खोकनाको फास्ट ट्र्याक टुङ्ग्याउन मन्त्रिपरिषद्ले निर्णय गर्नुपर्छ ।’

फरक प्रसंगमा सांसद थापाले सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले एनसेलको शेयर खरिद–बिक्रीबारे प्रतिनिधिसभाका अन्य समितिले गरेको छलफललाई लिएर दिएको अभिव्यक्तिलाई गम्भीरतापूर्वक सभामुखसमझ उठाउनुपर्ने बताउनुभयाे ।

उहाँले भन्नुभयो, ‘आजमात्रै सार्वजनिक लेखा समिति सभापतिले हाम्राे सभापतिलाई सरकारी सुन्डसमुन्ड भन्नुभयाे । उहाँले भ्रष्टाचार छोप्नका लागि सरकारले अह्राएर यो बैठक राखेकाे भन्नुभयाे । यो समितिको विषय हो कि होइन । समितिमा छलफल गरेर भाग लिएको हो, समितिले छलफल गरेर निर्देशन दिएको हो । याे संसद्को गरिमासँग जोडिने कुरा हो । यो विषय हल्का रूपमा नलिन र सभामुखसमक्ष गम्भीररुपमा उठाउन आग्रह गर्दछु । सबैको आफ्नो मान, मर्यादा हुन्छ ।’

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया