मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयो

 कात्तिक २४, २०७५ शनिबार १६:३१:४८ | आशिष विश्वकर्मा

सिरहा – गोलबजार नगरपालिका –३, जमदहमा मोटरसाइकल दुघटनामा एक युवकको ज्यान गएको छ । 

को ३५ प २६६५ नम्वरको मोटरसाइकल तीव्र गतिका कारण अनियन्त्रित भई शनिबार अपरान्ह पल्टिँदा गुरुधामका २३ वर्षीय रवि थापाको ज्यान गएको हो । 

गोलबजारबाट जमदह गइरहेको अवस्थामा दुर्घटनामा परि घाइते थापाको उपचार गराउन विराटनगर लैजाँदै गर्दा बाटोमै ज्यान गएको इलाका प्रहरीले जनाएको छ । थापाको शव पोष्टमार्टमको लागि लहान अस्पतालमा राखिएको छ ।

अन्तिम अपडेट: चैत १६, २०८०

आशिष विश्वकर्मा

आशिष विश्वकर्मा सिरहाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया