चोट लाग्दा पनि आराम नगरी काम गरिरहेका छन् रणबीर

 जेठ २७, २०७५ आइतबार १२:४२:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

रणबीर कपूर यतिबेला उनको फिल्म ‘ब्रम्हास्त्र’को छायांकनमा व्यस्त छन् । उनको अर्को फिल्म ‘सञ्जु’ यही जून २९ मा प्रदर्शनको  तयारीमा रहेको छ । तसर्थ उनी ‘ब्रम्हास्त्र’ को छायांकनसँगै फिल्म ‘सञ्जु’ को प्रमोशनमा समेत व्यस्त छन् ।

केहीदिन अघिमात्र कपूर दुर्घटनामा परेका थिए । रणबीर फुटबल म्याचका क्रममा दुर्घटनामा परेका हुन् । कपूर मुम्बई सिटी फुटबल क्लबका मालिकसमेत हुन् । क्लबमा सेलिब्रेटीहरुको फुटबल प्रतियोगिता भएको थियो । सोही क्रममा उनलाई चोट लागेको हो । चोट लागे पनि उनले फिल्म निर्माताहरुसँग गरेको सम्झौतालाई पूरा गर्दै कामलाई निरन्तरता दिइरहेका छन् । 

रणबीर कपूरले चोटका कारण काम रोक्न नचाहेको बताएका छन् ।

आफूले गरेको प्रतिवद्धतालाई ध्यानमा राख्दै उनी यतिबेला कामलाई नै महत्व दिइरहेका छन् भने आफूलाई छिटो निको पार्न तथा फिट बनाउन समयमा औषधिसमेत लिइरहेका छन् । 

कपूरले फिल्म ‘सञ्जु’ मा अभिनेता सञ्जय दत्तको भूमिका निर्वाह गरेका छन । जसका लागि उनले सञ्जयको जस्तो हाउभाउ, लवजका लागि तालिम समेत लिएका थिए । यसै फिल्ममा उनले गरको अभिनय तथा एक्शनलाई लिएर फिल्म प्रदर्शन हुनु अगावै उनको प्रशंशा भइरहेको छ ।

उनको अर्को फिल्म ‘ब्रम्हास्त्र’मा उनी अभिनेत्री आलिया भट्टका साथ काम गरिरहेका छन् । यस फिल्ममा अभिनेता अमिताभ बच्चनको पनि महत्वपूर्ण भूमिका रहनेछ । रणबीर अमिताभ तथा आलियाको छायांकनका क्रममा लिइएका तस्बिरहरु अहिले सामाजिक सञ्जालमा छाइरहेका छन । 
 
 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया