बालकुमारी घटनामा भौतिकमन्त्रीको आगमनले स्थिति असामान्य बन्यो : गृहमन्त्री श्रेष्ठ

 पुस १६, २०८० सोमबार १०:५४:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले शुक्रवार ललितपुरको बालकुमारीमा भएको प्रदर्शनको बेलामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको आगमनका कारण स्थिति असामान्य बनेको बताउनुभएको छ ।

आज सिंहदरबारमा बसेको राज्य, व्यवस्था तथा सुशासन समितिको बैठकमा उहाँले आन्दोलनको जानकारी भइसकेपछि पनि मन्त्री ज्वाला त्यही बाटो भएर आउनुले स्थिति असामान्य बनेको बताउनुभएको हो ।

मन्त्री ज्वालाले आन्दोलनकारीहरुसँग सवाल जवाफ गर्नुभएको, त्यसपछि धकेलाधकेल भएको र प्रहरीले गोली चलाएको प्रारम्भिक अध्ययनबाट थाहा भएको उहाँको भनाइ छ । साथै गोली चलेपछि मात्रै गाडी जलेको देखिएको पनि गृहमन्त्री श्रेष्ठले बताउनुभयो । उहाँले घटनामा ईपीएस कार्यालय प्रमुखको भूमिका सकारात्मक नरहेको र सुरक्षा कमजोरी भएको पनि स्वीकार गर्नुभयो ।

दुई जनाको ज्यान जाने गरी भएको बालकुमारी घटनाको विषयमा संसदीय समितिले समितिले गृहमन्त्रीसहित प्रहरी प्रमुखसँग सोधपुछ गरेको हो । समितिको बैठकमा केही सांसदहरुले घटनाको जिम्मेवारी लिँदै राजीनामा दिन गृहमन्त्रीलाई सुझाव दिएका छन् ।  

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया