इलाममा सिद्धिथुम्का महोत्सव सुरु

 कात्तिक २५, २०७५ आइतबार १६:३३:१४ | सुजता सुनुवार
unn.prixa.net

इलाम –  इलाममा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ तीन दिने सिद्धिथुम्का महोत्सव आइतबारबाट सुरु भएको छ ।

देउमाई नगरपालिका वडा नम्बर ७ सिद्धिथुम्कामा ‘आन्तरिक पर्यटन प्रवद्र्धनमा जुटौं’ भन्ने नाराका साथ पर्यटन महोत्सव सुरु गरिएको आयोजक समितिका अध्यक्ष गोविन्द गुरागाईँले बताउनुभयो ।

अध्यक्ष गुरागाईँका अनुसार महोत्सवको पहिलो दिन आइतबार सांस्कृतिक झाँकीका साथ कार्यक्रम उद्घाटन गरिएको छ । दोस्रो दिन भव्य सांस्कृतिक कार्यक्रम र तेश्रो दिन समापन समारोहमा सम्मान कार्यक्रम हुनेछ ।

सूर्योदय र सूर्यास्तको रुपमा सिद्धिथुम्का चुली, फुङफुङे झरना, ऐतिहासिक गुफा, मन्दिर, गुम्बा, देवीस्थान, प्राकृतिक, जैविक विविधता साथै जातीय सांस्कृतिक नाचगान, स्थानीय खानपिनका परिकारबाट महोत्सवमा आएका पर्यटकलाई स्वागत गरिने आयोजकको योजना छ ।

यस्तै इलामको चुरे क्षेत्रको आकर्षक दृश्य समेत पर्यटकले हेर्न सक्नेछन् । अजम्बरे डाँडा, खान्दु्रङ गुफा, बहुसांस्कृतिक जनजाति समुदाय लिम्बू, राई, तामाङ, मगर जातिको सांस्कृतिक जीवनशैली आकर्षणको पक्ष रहेकाले यसको संरक्षणमा जुट्न यस महोत्सवले टेवा पुग्ने देउमाई नगरपालिकाका प्रमुख सूर्य पोखरेलले बताउनुभयो ।

सदरमुकामदेखि पश्चिम भेगमा रहेको सिद्धिथुम्का चुली समुन्द्र सतहदेखि १ हजार ६ सय ९३ मिटरको उचाइमा छ ।  

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुजता सुनुवार

सुजता सुनुवार उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया