अमेरिकामा १ सय ७७ जना यात्रुसहित उडिरहेको विमानको झ्याल खस्यो, ६५ वटा विमान ‘ग्राउन्डेड’

 पुस २१, २०८० शनिबार १५:१९:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – अमेरिकाको ओरेगन राज्यमा उडिरहेको एक विमानको झ्याल खसेपछि आकस्मिक अवतरण गरेको छ । पोर्टल्याण्डबाट ओरेगन हुँदै ओन्टारियोका लागि उडेको अलास्का एयरलाइन्सको बोइङ ७३७ म्याक्स ९ विमानको उड्दा उड्दै झ्याल खसेको हो । उडेको ३५ मिनेटमै विमानलाई पोर्टल्याण्डमा आकस्मिक अवतरण गराइएको र यात्रु तथा चालक दलका १ सय ७७ जना सकुशल रहेका बीबीसीले जनाएको छ । 

झ्याल नै खसेपछि विमानभित्र खैलाबैला मच्चिएको थियो, भने हावाको चापका कारण विमानलाई नियन्त्रणमा राख्न चालक दलका सदस्यलाई हम्मे हम्मे परेको थियो । यो घटनापछि अलास्का एअरलाइन्सले बोइङ ७३७ म्याक्स ९ सिरिजका सबै ६५ वटा विमानलाई निरीक्षण गर्न अस्थायी रूपमा ग्राउन्डेड गरिएको जनाएको छ ।

सबै जहाजको परीक्षणपछि मात्रै उडान हुनेछ । विमान निर्माता कम्पनी बोइङले घटनाको बारेमा जानकारी भएको र थप जानकारी सङ्कलन गर्न काम गरिरहेको बताएको छ । अलास्का एयरलाइन्सका सीईओ बेन मिनिकुचीले १६ हजार फिट उचाइमा रहेको जहाजबाट झ्याल खसे पनि सुरक्षित अवतरण गराएको भन्दै चालक दलका ६ जना सदस्यको प्रशंसा गर्नुभएको छ । 

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया