थाइल्यान्डमा झण्डै एक करोड ५० लाख टन लिथियमको भण्डार फेला

 माघ ६, २०८० शनिबार १२:१४:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – थाइल्यान्डमा झण्डै एक करोड ५० लाख टन लिथियमको भण्डार फेला परेको छ । सरकारका उपप्रवक्ता रुडक्लाओ इन्टावोङ सुवानकिरीले दि नेसन टेलिभिजनलाई दिएको अन्तरवार्तामा एक करोड ४८ लाख टन लिथियम दक्षिणी प्रान्त फाङ नगामा दुई अलग अलग क्षेत्रको बीचमा फैलिएको जानकारी दिनुभएको छ ।

फेला पारेका स्रोतबाट कति प्रयोग गर्न सक्छौँ भनेर पत्ता लगाउन प्रयास गरिरहेको र यसमा समय लाग्ने उहाँको भनाइ छ । लिथियम विद्युतीय कारका साथै स्मार्टफोन र अन्य विद्युतीय सामग्रीमा प्रयोग गरिने ब्याट्रीहरूको निर्माणका लागि प्रमुख तत्व हो । 

अबका दिनमा विद्युतीय गाडी उत्पादनका लागि क्षेत्रीय ‘हब’ बन्ने थाइल्यान्डको लक्ष्यलाई यसले प्रवर्द्धन गर्ने अपेक्षा छ । पछिल्लो खोजले बोलिभिया र अर्जेन्टिनापछि थाइल्यान्डसँग तेस्रो सबैभन्दा ठूलो लिथियम स्रोत रहेको देखाएको छ । तर यसलाई व्यावसायिकरूपमा कति क्षमतामा प्रयोग गर्न सकिन्छ भन्ने अहिलेसम्म स्पष्ट भएको छैन ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया