अमेरिकामा खुल्यो एआईले तालिम दिने व्यायामशाला

 माघ ९, २०८० मंगलबार ६:५३:३ | उज्यालो सहकर्मी
unn.prixa.net

विश्वमा कृत्रिम बौद्धिकता (एआई) को प्रयोग हरेक क्षेत्रमा बढ्दै गएको छ । कृत्रिम बौद्धिकताको प्रयोगले मानिसको रोजगारी खोसिँदै गएको बेला अहिले अमेरिकामा व्यायामशालामा पनि एआईको प्रयोग हुन थालेको छ ।

अमेरिकाको टेक्सासमा ल्युमिन फिटनेस नामक व्यायामशालामा मानिसहरु एआई प्रशिक्षकको साथमा व्यायाम गर्छन् । ढोकामा राखिएको सेन्सरले व्यायाम गरिरहेका हरेक मानिसमाथि निगरानी गर्ने काम गर्छ भने गरिरहेको अभ्यास ठीक भयो कि भएन भनेर बोलेर सचेत बनाउने काम पनि गर्छ । 

त्यस्तै, व्यायाम सामग्रीको पनि एआईले निगरानी गर्नेगर्छ । एआई प्रशिक्षकले व्यायामको समयमा हरेक चाल ठीक छ कि छैन भनेर बोलेर प्रतिक्रिया जनाउने गर्छ । व्यक्तिले लगाएको हेडफोनमा एआई प्रशिक्षकको सुझाव सुनिने गर्छ ।

व्यायामशालाको भित्तामा एलईडी स्क्रिन पनि राखिएको छ । यो स्क्रिनको माध्यमले एआई प्रशिक्षकले एकै पटक १४ जनालाई व्यायाम प्रशिक्षण गराउनेछ । ल्यूमिन फिटनेसका सीईओ बै्रैंडन बीनका अनुसार एआई व्यायामशाला मानवीय प्रशिक्षक तथा उनीहरुको प्रतिभाको विकल्प भने होइन । तर, मानिसहरुलाई केही फरक र रमाइलो अनुभव होस् भन्ने उद्देश्यले मात्र एआईको प्रयोग गरिएको बीनको भनाइ छ ।

विज्ञहरु पनि एआई व्यायमशालाको प्रशिक्षकको विकल्प नभएको तर एआईको प्रयोग गर्न सकियो भने यसले व्यायाम गर्नेहरुलाई फाइदा पुर्याउने विश्वास गर्छन् । 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया