सामाजिक सञ्जालमार्फत बालबालिकालाई हानी पुुगेकोमा मेटाका मालिक जुकरबर्गले माफी मागे

 माघ १८, २०८० बिहिबार ९:२६:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्रामको सञ्चालक कम्पनी मेटाका सीईओ मार्क जुकरबर्गले सामाजिक सञ्जालबाट हानी पुगेका बालबालिकाका परिवारसँग माफी माग्नुभएको छ । अमेरिकी संसद सिनेटमा सुनुवाइका क्रममा आक्रोशित भएका परिवारसँग जुकरबर्गले बालबालिकालाई पर्न गएको असरप्रति माफी माग्नुभएको हो ।

सांसदहरुले जुकरबर्गसँगै टिकटक अर्थात एक्स, स्न्याप, र डिस्कोर्डका मालिकहरूलाई पनि अनलाइनमार्फत हुने हिंसा र अपराधबाट बालबालिकालाई कसरी जोगाउने प्रयास गरेका छन् भन्नेबारे प्रष्ट पार्न लगाएका बीबीसीले जनाएको छ । उनीहरुले बालबालिकाको सुरक्षामा केन्द्रित हुन विभिन्न प्रविधिका मालिकहरुसँग आग्रह गरेका छन् ।

पाँच वटा प्रविधि कम्पनीका मालिकसँगै बसेका अभिभावकले आफ्ना बच्चाहरूले प्रविधिमार्फत् भोग्नुपरेका समस्याबारे जानकारी गराएका थिए । सबैभन्दा बढी फेसबुक र इन्स्टाग्राममार्फत् समस्या भएकाले त्यसका मालिक जुकरबर्ग जिम्मेवार रहेका सांसदले बताएका छन् । जुकरबर्गले अब कसैले पनि यस्तो समस्याबाट गुज्रनु नपर्ने गरी काम गर्ने र प्रविधिलाई सुरक्षित बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया