१६ हजार भेडा र पशु बोकेर अलपत्र परेको जहाजलाई अस्ट्रेलियाकाे तटीय क्षेत्रबाट बन्दगाहमा फर्काइयो

 माघ १८, २०८० बिहिबार १५:३५:२८ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

अस्ट्रेलियाको तटीय क्षेत्रमा अत्यधिक गर्मीमा अलपत्र परेको १६ हजार भेडा र पशु बोकेको जहाज पर्थको बन्दरगाहमा फर्किएको छ ।

यमनमा रहेको हुथी विद्रोहीले जहाजमा आक्रमण गर्न शुरु गरेपछि गएको महिना एमभी बाहिजाहाले लाल सागर हुँदै गर्ने यात्रा रोकेको थियो । हुथी विद्रोहीको आक्रमणका कारण जनावरहरू हप्तौँसम्म जहाजमा फसेका थिए । जनावरहरूलाई जहाजबाट ओराल्न सकिन्छ या सकिँदैन भनेर अस्ट्रेलियाले निर्णय नगर्दासम्म जनावरहरू ४० डिग्रीको तापक्रममा समुद्रमै रोकिएका थिए । जनावरहरूलाई जहाजबाट ओराल्न अनुमति दिइन्छ या दिइँदैन भन्ने स्पष्ट नभएको बीबीसीले जनाएको छ ।

आज पशु चिकित्सकहरूले जनावरहरूको जाँच गरेका र उनीहरूमा स्वास्थ्य समस्या नदेखिएको अस्ट्रेलियाको कृषि विभागले बताएको खबरमा उल्लेख छ । प्यालेस्टिनको गाजा क्षेत्रमा इजरायली कारबाहीको जवाफमा हुथी विद्रोहीले जहाजमा आक्रमण गर्न शुरु गरेका थिए ।

यो जहाज जनवरी ५ मा अस्ट्रेलियाबाट इजरायलका लागि छुटेको थियो । हुथी विद्रोहीले जहाजमा आक्रमण शुरु गरेपछि सरकारले यो जहाजलाई जनवरी २० मा अस्ट्रेलिया फर्काउन भनेको थियो ।

अस्ट्रेलियाले हरेक वर्ष मध्य पूर्वमा हजारौँको सङ्ख्यामा भेडा र पशु निर्यात गर्दै आइरहेको छ ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया