युक्रेनलाई ५५ अर्ब डलरको सहायता प्याकेज उपलब्ध गराउन ईयू देश सहमत

 माघ १८, २०८० बिहिबार १८:२२:४ | एजेन्सी
unn.prixa.net

युक्रेनलाई ५५ अर्ब डलरको सहायता प्याकेज उपलब्ध गराउन युरोपेली युनियन (ईयू) मा आबद्ध सबै देश सहमत भएका छन् ।

बेल्जियमको ब्रसेल्समा आज बसेको युनियनका २७ वटै देशका नेताहरूको बैठकले युक्रेनलाई ५५ अर्ब डलर अर्थात् ७३ खर्ब रुपैयाँ बराबरको सहायता दिनेबारे सहमति गरेको हो । युरोपेली काउन्सिलका अध्यक्ष चार्ल्स मिशेलले सम्झौतामा सबै एकमत भएको र यसले रुससँग लडिरहेको युक्रेनलाई ठूलो राहत हुने बताउनुभएको छ ।

यसअघि गएको डिसेम्बरमा हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले सहमति नदिँदा सहायता रकमबारे निर्णय हुन सकेको थिएन । आजको सहमतिपछि ईयू आयोगकी अध्यक्ष उर्सुला भोन डरलेनले युरोपका लागि खुसीको दिन भएको बताउनुभएको छ । यो सहयोगले युक्रेनले रुसविरुद्ध लड्न थप हतियार, प्रविधि र जनशक्तिको जोहो गर्नेछ ।

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया