आन्तरिक स्रोतबाट राज्यका दायित्व धान्नै नसक्ने अवस्था आयाे : अर्थमन्त्री महत

सङ्घीय संरचनामा खर्च बढ्यो तर आम्दानी बढेन

 माघ २६, २०८० शुक्रबार १५:४:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – अर्थमन्त्री डा. प्रकाशशरण महतले आन्तरिक स्राेत र साधनबाट राज्यका दायित्वहरू पूरा गर्न कठिन बन्दै गएको बताउनुभएको छ ।

नेपाल व्यवस्थापन सङ्घले ललितपुरमा आज आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री महतले स्राेत र साधनलाई मध्यनजर नराखी धेरै प्रतिबद्धता गर्दा समस्या भइरहेको बताउनुभयो । उहाँले ज्येष्ठ नागरिक भत्तादेखि विभिन्न अनुदानका विषयहरू सुनिश्चित गर्दा समस्या आएको उल्लेख गर्नुभयाे ।

अर्थमन्त्रीले नेपालको स्थायी दायित्व धेरै नै ठूलो रहेको बताउनुभयो । द्वन्द्वपछि नेपाली सुरक्षा निकायको दायरा धेरै ठूलो भएको उहाँले बताउनुभयो । नेपाली सेनामा झन्डै दोब्बर जनशक्ति थपिएको र सशस्त्र प्रहरी बल छुट्टै निर्माण हुँदा झनै आर्थिक दबाब बढेको अर्थमन्त्री महतकाे भनाइ छ ।

उहाँले भन्नुभयो, ‘सामाजिक सुरक्षामा हामी दक्षिण एसियामा अन्य देशभन्दा माथि छौँ । भारत, बङ्गलादेशभन्दा माथि छौँ । हामीले उदारताका साथ स्राेत र साधनलाई मध्यनजर नराखी धेरै प्रतिबद्धता गरिसकेका छौँ । ज्येष्ठ नागरिक भत्तादेखि लिएर अनेकन अनुदानका विषयहरू सुनिश्चित गरेका छौँ । सुरक्षा निकायको आकार पनि द्वन्द्वपछि दाेब्बर नै भयो । सशस्त्र प्रहरी छुट्टै गठन भयो । कर्मचारीतन्त्र पनि ठूलै छ । यी कारणले गर्दा आन्तरिक स्राेत र साधनबाट राज्यका दायित्वहरू पूरा गर्न कठिन बन्दै गएको छ ।’

सङ्घीय संरचनामा गइसकेपछि आर्थिक दायित्व झनै बढ्दा आन्तरिक स्राेत र साधनबाट उठेको राजस्वले राज्यका सबै दायित्व धान्न कठिन हुँदै गएको महतले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया