भारतमा किसान आन्दोलनको दोस्रो दिन आज पनि दिल्लीमा सुरक्षा व्यवस्था कडा

 फागुन २, २०८० बुधबार १२:३८:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – किसान आन्दोलनको दोस्रो दिन आज पनि दिल्लीमा गाडी सञ्चालनमा समस्या हुने भन्दै नागरिकका लागि ट्राफिक एड्भाइजरी अर्थात विभिन्न रुटबारे जानकारीसहितको सूचना निकालिएको छ । दिल्ली ट्राफिक प्रहरीले बन्द हुने सडक र खुल्ला हुने सडकबारे जानकारीसहित सूचना निकालेको हो ।

यही सूचनाको आधारमा यात्राको योजना बनाउनुपर्ने र भिडभाड हुने समयमा यी रुटबाट टाढा हुन पनि प्रहरीले आग्रह गरेको छ । हिजो किसानको प्रदर्शनका कारण विभिन्न क्षेत्रमा घण्टौसम्म गाडी जाम भएको थियो । किसानको विरोधका क्रममा हिजो भएको गतिविधिलाई ध्यानमा राख्दै दिल्ली मेट्रोका धेरै स्टेशनका ढोकाहरू हिजैदेखि बन्द गरिएको छ  ।

तर, रातिको समयमा भने अबेरसम्म खोलिएको थियो । हिजो हरियाणा सीमामा प्रवेश गर्न खोजिरहेका आन्दोलित किसानहरूमाथि प्रहरीले अश्रुग्यास प्रहार थियो । त्यसपछि किसान र सुरक्षाकर्मीबीच झडप समेत भएको थियो । आज फेरि किसानको विरोध प्रदर्शनका क्रममा झडप हुनसक्ने भन्दै दिल्ली र आसपासका क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाएको बीबीसी हिन्दीले जनाएको छ ।

आफूले फलाएको अन्नबालीले उचित मूल्य पाउनुपर्ने लगायत मागसहित भारतको हरियाणा, पन्जाब र उत्तर प्रदेश राज्यका किसानले प्रदर्शन गरिरहेका छन् । 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया