पाकिस्तानमा नयाँ सरकार बनाउन ६ दलीय गठबन्धन, नवाज शरीफका भाइ प्रधानमन्त्रीको उम्मेदवार

 फागुन २, २०८० बुधबार १५:२३:२६ | एजेन्सी
unn.prixa.net

शहबाज शरीफ, फाइल फाेटाे

पाकिस्तानमा पूर्वप्रधानमन्त्री नवाज शरीफ नेतृत्वको पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन) ले छ दलीय गठबन्धनमा नयाँ सरकार बनाउने भएको छ ।

पीएमएल–एन र बिलावल भुट्टो नेतृत्वको पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) मिलेर पाकिस्तान डेमोक्रेटिक मुभमेन्ट (पीडीएम) नामको गठबन्धन बनाएका हुन् । पाकिस्तानमा सम्पन्न चुनावमा पूर्वप्रधानमन्त्री इमरान खान समर्थित स्वतन्त्र उम्मेदवारहरूले सबैभन्दा धेरै सिट जितेका छन् । उनीहरूसँग दलीय हैसियत नभएकोले दोस्रो स्थानमा रहेको पीएमएल–एनको नेतृत्वमा गठबन्धन बनेको हो ।

गठबन्धनमा आबद्ध दलका नेताहरूले संयुक्त पत्रकार सम्मेलन गरेर चुनावमा एक अर्काविरुद्ध प्रतिस्पर्धा गरे पनि अब मिलेर आर्थिक सङ्कटलाई पार लगाउने बताएका छन् । पूर्वप्रधानमन्त्री नवाज शरीफले आफ्नो कान्छो भाइ शहबाज शरीफलाई नयाँ प्रधानमन्त्रीको उम्मेदवार बनाउनुभएको बीबीसी हिन्दीले जनाएको छ । अकूत सम्पत्ति कमाएको मुद्दामा सात महिना जेल बसेका शरीफलाई विशेष अदालतले सफाइ दिएको थियो । 

यसैबीच पूर्वप्रधानमन्त्री नवाज शरीफले पन्जाब प्रान्तको मुख्यमन्त्रीमा छोरी मरियमलाई उम्मेदवार बनाउनुभएको छ ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया