गाजामा बन्धक बनाइएकाका परिवार न्याय खोज्दै अन्तर्राष्ट्रिय अदालतमा

 फागुन ३, २०८० बिहिबार ६:४८:५३ | एजेन्सी
unn.prixa.net

गाजामा बन्धक बनाइएका झण्डै एक सय परिवारका प्रतिनिधिले इजरायली विद्रोही समूह हमासविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) मा ‘मानवताविरुद्धको अपराध’ को मुद्दा दायर गर्ने भएका छन् ।

इजरायल र गाजाबीचको युद्धका कारण धेरै निर्दोष नागरिकले ज्यान गुमाउनु परेको भन्दै बन्धक बनाइएकाका परिवारका प्रतिनिधिले हमासका नेताविरुद्ध आईसीसीमा मुद्दा दायर गर्ने बताएका हुन्  । यसका लागि उनीहरु हिजै नेदरल्यान्ड्सकाे हेग गएका अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

इजरायली अधिकारीहरूका अनुसार हमासको नेतृत्वमा प्यालेस्टिनी लडाकुहरूले गएको अक्टोबर ७ मा इजरायलमाथि आक्रमण गर्दा झण्डै २ सय ५० जनालाई अपहरण गरेर बन्धक बनाएका थिए, जसमध्ये झण्डै १ सय ३० जना अझै गाजामा बन्धक बनाइएका छन् । तीमध्ये २९ जनाको ज्यान गइसकेको अनुमान गरिएको खबरमा उल्लेख छ ।

बन्धक बनाइएका र हराइरहेका परिवार मिलेर ‘होस्टेज एण्ड मिसिङ फ्यामिलिज फोरम’ गठन गरेका छन् । यो फोरमले जतिसक्दो छिटो युद्ध रोक्न र आफ्ना परिवारका सदस्यलाई सकुशल रिहाइ गर्न दबाब दिने बताएका छन् । अहिले इजरायलमा बन्धकका परिवारले  भयानक अवस्थाबाट गुज्रिनु परेको र युद्ध नरोकिए विश्वव्यापी रुपमै यस्तो समस्या निम्तन सक्ने चेतावनी समेत दिएका छन् । 
 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया