किसानको मागको समर्थनमा आज भारत बन्दको घोषणा

 फागुन ४, २०८० शुक्रबार १२:२६:२८ | एजेन्सी
unn.prixa.net

भारतमा किसानको मागको समर्थनमा संयुक्त किसान मोर्चालगायत धेरै किसान सङ्गठनहरूले आज भारत बन्दको घोषणा गरेका छन् । संयुक्त किसान मोर्चाले गरेको ग्रामीण भारत बन्दको आह्वानमा यो बन्द गरिएको हो ।

मोर्चाले किसानको मागलाई समर्थन गर्ने सबै सङ्गठनलाई भारत बन्द गर्न अपिल गरेको बीबीसी हिन्दीले जनाएको छ । त्यसमा देशभरका केही श्रमिक सङ्गठनको पनि सहभागिता रहनेछ । यस बन्दमा सहभागी हुन दिल्लीतर्फ लागेका पञ्जाबका केही किसानहरूलाई हरियाणामा अम्बाला नजिकै रोकिएको खबरमा उल्लेख छ ।  उनीहरुलाई रोक्न सुरक्षाकर्मीले अश्रुग्यास समेत प्रहार गरेका थिए ।

भारत बन्दलाई मध्यनजर गर्दै राजधानी दिल्लीलगायत धेरै राज्यमा सुरक्षा व्यवस्था गरिएको छ । दिल्ली पुलिसका अनुसार प्रदर्शनकारीलाई दिल्ली प्रवेश गर्नबाट रोक्नको लागि पूर्ण व्यवस्था गरिएको छ । किसानहरुको अर्को सङ्गठन संयुक्त किसान मोर्चा (गैरराजनीतिक) ले पनि भारत बन्दमा सहभागी हुन नागरिकलाई अपिल गरेको छ ।

भारतको हरियाणा, पञ्जाब र उत्तर प्रदेश राज्यका किसानले केन्द्र सरकारले न्यूनतम समर्थन मूल्य तोक्नुपर्ने, किसानविरुद्धको मुद्दा फिर्ता लिनुपर्ने, किसानलाई प्रदूषण कानुनभन्दा बाहिर राख्नुपर्ने, लगायतका माग राखेर आन्दोलन गर्दै आएका छन् ।                                 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया