तराई मधेसका सहरी क्षेत्रमा छाडा पशुचौपायाका कारण सर्वसाधारण हैरान

 फागुन ४, २०८० शुक्रबार १५:३६:५९ | रासस
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

महाेत्तरी – महोत्तरीसहित तराई मधेसका सबैजसो जिल्लाका सहरी क्षेत्रमा छाडा पशुचौपायाका कारण समस्या बढिरहेको छ । बिहान बेलुकाको घुमफिर होस् वा कामका लागि बजार जाँदा छाडा पशुचौपायाका कारण हैरान हुने गरेको सर्वसाधरण बताउँछन् ।

बजारतिर निस्केपछि छाडा पशुलाई छिचोलेर निस्कन हम्मेहम्मे पर्ने महोत्तरीको जलेश्वर नगरपालिका–२ मा होटल व्यवसाय गर्ने कमला कोइरालाले बताउनुभयो । घरपालुवा गाई, सुँगुर, बाख्रापाठा र घोडासहितका पशुचौपाया नगर क्षेत्रका चोक, बजार क्षेत्रमा छाडा छोड्दा समस्या भएको हो । सडकको माझमै बसेर गाईले बाटो छेकेका हुन्छन् । सडक पेटी वरपर पाठापाठीसँगै सुँगुरहरू हुन्छन् ।

बजारमा हिँड्दा हिँड्दै गाई वा साँढेले पुच्छर चलाएर मलमूत्र छर्किँदा फोहोर बनाउनेसँगै सिङ चलाउँदा कतिपय घाइतेसमेत हुने गरेका जलेश्वर–४ की शिवानी रायले बताउनुभयो ।

प्रत्येक दिनजसो बिहान मिरमिरे उज्यालो हुनासाथ पशुधनीले आफ्ना वस्तु फुकाएर बजार वा चोकतिर लघार्ने काम चलनजस्तै बनेको छ । छाडा पशुले बजार क्षेत्रमा फोहर बढाउनुका साथै ट्राफिक समस्या पनि बढाएका छन् ।

पालिकाको चुनाव हुँदा उम्मेदवारहरूले सहरी क्षेत्रमा छाडा पशुचौपाया नियन्त्रण गर्ने बताएका भए पनि अझै कार्यान्वयन भएको छैन । पालिकाका जनप्रतिनिधिले छाडा पशुचौपायाको व्यवस्थापनतर्फ काम नगरेको स्थानीयवासीको गुनासो छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया