अफ्रिकामा झण्डै दश करोड बालबालिका तथा युवा विद्यालयको पहुँच बाहिर

 फागुन ५, २०८० शनिबार ७:१:५६ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

अफ्रिकामा झण्डै दश करोड बालबालिका तथा युवा विद्यालयको पहुँचबाहिर रहेका पाइएको छ । ६ देखि १९ वर्ष उमेर समूहका झण्डै दश करोड बालबालिका तथा युवाहरू विद्यालयबाट वञ्चित भएका शिक्षा, विज्ञान, प्रविधि र नवप्रवर्तनका लागि अफ्रिकी युनियन (एयू) का आयुक्त मोहम्मद बेल्होसिनले बताउनुभएको छ ।

बालबालिका तथा युवाहरू शिक्षाबाट वञ्चित हुँदा आतङ्कवादी समूह, लागुऔषध व्यापारी र मानव बेचबिखनकर्ताको जोखिममा पर्ने गरेका छन् । इथियोपियामा भैरहेको एयू शिखर सम्मेलनमा बेल्होसिनले उनीहरूलाई व्यावसायिक र प्राविधिक प्रशिक्षणको माध्यमबाट स्वरोजगारका लागि सीप आवश्यक रहेकोमा जोड दिनुभएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

आयुक्त बेल्होसिनका अनुसार अफ्रिकाका हरेक १० मध्ये नौ जना बालबालिकाले १० वर्षको उमेरमा पनि साधारण पढ्न र बुझ्नसमेत नसक्ने अवस्था रहेको छ । अफ्रिकालाई विश्वव्यापी शिक्षाको पहुँच हासिल गर्न झण्डै ९० अर्ब अमेरिकी डलरको आवश्यकता रहेको र कोषलाई पूरा गर्न विश्वव्यापी सहयोगको आवश्यकता रहेको उहाँको भनाइ छ । 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया