मेलम्चीमा सडक पेटी मिचेर बनाइएका संरचना हटाउन शुरु

 फागुन १३, २०८० आइतबार १८:९:५८ | रासस
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले वडा नम्बर ११ बजार क्षेत्रमा सडक पेटी मिचेर बनाइएका संरचना हटाउन शुरु गरेको छ ।

नगरपालिकाले डोजर तथा जनशक्तिको सहायताले सडकपेटी मिचेर बनाइएका अवैध संरचना हटाउन शुरु गरेको हो । ३५ दिने सूचना जारी गरेर हटाउन भनिए पनि अटेर गरेपछि डोजर लगाएर हटाइएको नगरपालिकाका इन्जिनियर जीतबहादुर कार्कीले जानकारी दिनुभयो ।

गएको पुस २६ गते बसेको कार्यपालिका बैठकले बजारका अव्यवस्थित संरचना हटाउने निर्णय गरेको थियो । मेलम्ची बजारमा एक सयभन्दा बढी घरले सडकपेटी अतिक्रमण गरी संरचना बनाएपछि ती संरचना हटाउन नगरपालिकाले सूचना जारी गरेको थियो ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया