भारतीय सीमा सुरक्षा बलका कारण सास्ती भोग्नुपर्‍याे : सीमा क्षेत्रका बासिन्दा

 फागुन १४, २०८० सोमबार १५:१७:२६ | रासस
unn.prixa.net

फाइल फाेटाे

सुनसरी – भारतीय सीमा क्षेत्रमा पर्ने सुनसरीका बासिन्दाले भारतीय सीमा सुरक्षा बल (एसएसबी) का कारण सास्ती भोग्नुपरेको भन्दै सुरक्षाको माग गरेका छन् ।

जिल्ला सुरक्षा समितिले सुनसरीमा शुरु गरेको ‘सीमा पैदल यात्रा तथा अन्तरक्रिया’ कार्यक्रममा भारतीयले विना कारण दुःख दिँदा सास्ती हुने गरेको भन्दै केन्द्रीयस्तरबाटै सुरक्षाको पहल गर्न स्थानीयवासीले माग गरेका हुन् ।

एसएसबीले नाकामा नेपालीलाई पटकपटक कुटपिट गर्ने र लुट्ने गरेको भन्दै सीमा क्षेत्रमा प्रभावकारी सुरक्षाको व्यवस्था गरिनुपर्ने हरिनगरका स्थानीयवासी इसराइल मन्सुरीले बताउनुभयो । नाकामा भारतीय सुरक्षा बलले नेपालीलाई कुटपिट गर्ने गरेकाले सुरक्षाको माग गरिएको कासिम मियाँले बताउनुभयो । सीमा क्षेत्रमा विगतदेखि आवागमनमा कुनै रोक नभए पनि पछिल्लो समय भारतीय पक्षबाट कृषि कार्यमा समेत अवरोध हुने गरेको उहाँले बताउनुभयो ।

सशस्त्र प्रहरी बल कोशी प्रदेश प्रमुख प्रहरी नायब महानिरीक्षक अञ्जनीकुमार पोखरेलले सीमा समस्या र विवाद नसुल्झिँदा स्थानीयवासीले भौतिक र मानसिक तनाव खेप्नुपरेको भन्दै यो समस्या समाधानका लागि माथिल्लो निकायबाट पहल हुनुपर्ने बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया