यी २ वटा औषधि बजारबाट तुरुन्त फिर्ता गर्न निर्देशन
बैशाख ८, २०८२ सोमबार
काठमाण्डौ - उज्बेकिस्तानको एक अदालतले दूषित कफ सिरप अर्थात् खोकीको औषधिबाट ६८ जना बालबालिकाको ज्यान गएको घटनामा २३ जनालाई जेल सजाय सुनाएको छ। उनीहरू कर छली, गुणस्तरहीन वा नक्कली औषधि बिक्री, कार्यालयको दुरुपयोग, लापरबाही, किर्ते र घुसको अभियोगमा दोषी ठहर भएका हुन् । सजायको दायरा २ देखि २० वर्षसम्मको रहेको बीबीसीले जनाएको छ ।
हानिकारक दूषित सिरपहरू भारतको मेरियन बायोटेकले उत्पादन गरेको र उज्बेकिस्तानको कुरम्याक्स मेडिकलले वितरण गरेको थियो । कुरम्याक्स मेडिकलका कार्यकारी निर्देशक सिंह राघवेन्द्र प्रतारलाई सबैभन्दा लामो २० वर्षको जेल सजाय सुनाइएको खबरमा उल्लेख छ ।
आयातित औषधिलाई इजाजतपत्र दिन जिम्मेवार पूर्व वरिष्ठ अधिकारीहरूलाई पनि सजाय सुनाइएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले यसअघि नै मेरियन बायोटेकका दुईवटा कफ सिरप एम्ब्रोनोल र डोक–१ म्याक्स कम गुणस्तरको औषधि रहेको बताएको थियो ।
अदालतले ज्यान गुमाउने ६८ जना बालबालिकाका परिवारलाई र खोकीको सिरप खाँदा अपाङ्ग भएका चार जना बालबालिकाका परिवारलाई ८० हजार डलर क्षतिपूर्ति दिने निर्णय गरेको छ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।