वाफ महिला च्याम्पियनसिपको उपाधिका लाग नेपाल र जोर्डन खेल्दै

 फागुन १७, २०८० बिहिबार ६:४०:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – वाफ महिला च्याम्पियनसिपको उपाधिका लागि आज नेपाल जोर्डनसँग खेल्दैछ । खेल नेपाली समय अनुसार आज राति पौने १० बजे साउदी अरेबीयाको प्रिन्स अब्दुल्लाह अल फैसल स्टेडियममा हुनेछ । अस्ति लेबनानलाई हराउँदै नेपाल फाइनल प्रवेश गरेको हो  ।

जोर्डनले प्यालेस्टाइनलाई हराएर फाइनलमा पुगेको हो । जोर्डन साविक विजेतासँगै प्रतियोगिताको ५ पटकको विजेता हो । नेपालले समूह चरणमा तीन वटै खेलमा जित दर्ता गर्दै समूह विजेता बनेर सेमिफाइनल प्रवेश गरेको थियो ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया