वाफ उपविजेता नेपाली राष्ट्रिय महिला टोलीका खेलाडीले जनही ५१ हजार रुपैयाँ पाउने

 फागुन १९, २०८० शनिबार ६:३७:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – वाफ महिला च्याम्पियनसिप फुटबलको फाइनल खेलेको नेपाली राष्ट्रिय महिला टोलीका खेलाडीले जनही ५१ हजार रुपैयाँ पाउने भएका छन् । साउदी अरेबियाबाट गएराति स्वदेश आइपुगेको टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्दै अखिल नेपाल फुटबल सङ्घ एन्फाका अध्यक्ष पङ्कज विक्रम नेम्वाङले जनही ५१ हजार रुपैयाँ दिने घोषणा गरेका हुन् ।

नेपाली महिला टोली बिहीवार भएको फाइनल खेलमा जोर्डनसँग पेनाल्टी सुट आउटमा ५–३ ले पराजित भएको थियो । आठौँ संस्करणमा जोर्डन छैटौँ पटक च्याम्पियन बन्यो । नेपाल यो प्रतियोगितामा पहिलो पटक सहभागी भएको हो ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया