१२ औँ अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला शुरु

 फागुन १९, २०८० शनिबार ९:२८:५८ | रासस
unn.prixa.net

 काठमाण्डौ – नेपाली लोक संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले १२ औँ अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला हिजोदेखि काठमाण्डौमा शुरु भएको छ । मेलामा भारत, इण्डोनेसिया, मलेसिया, पोल्याण्ड, दक्षिण अफ्रिका, अष्ट्रिया, बेल्जियम, बोस्टवाना, इस्टोनिया, जर्मनीलगायत देशबाट झण्डै तीनसय कलाकार सहभागी छन् ।

एभरेष्ट नेपाल कल्चरल ग्रुपको आयोजनामा हिजो कान्तिपथमा भएको कार्यक्रममा कलाकारले आ–आफ्ना लोक कला संस्कृतिको अनुभव आदानप्रदान गरेका थिए । मेला फागुन २७ गतेसम्म चल्नेछ ।

योबीचमा नेपाल प्रज्ञा प्रतिष्ठान, विश्व सम्पदासूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्र र पाटन दरबार क्षेत्रका साथै दाङ र कास्कीमा पनि विभिन्न सांस्कृतिक कार्यक्रम गरिने आयोजक समूहका अध्यक्ष रामचन्द्र कोइरालाले जानकारी दिनुभयो । साथै मुख्य पर्यटकीयस्थलमा स्थानीय लोककला, विभिन्न सांस्कृतिक कार्यक्रमका साथै अन्तर्राष्ट्रिय कलाकारका प्रस्तुति पनि हुनेछन् ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

तपाईको प्रतिक्रिया