नेदरल्यान्ड्ससँगकाे खेलमा नेपाल टस हारेर बलिङ गर्दै, अनिल शाहकाे ठाउँमा कुशल भुर्तेल टाेलीमा

 फागुन १९, २०८० शनिबार ११:१६:२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलामा नेदरल्यान्ड्ससँगको खेलमा नेपालले टस हारेको छ । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा नेदरल्यान्ड्सले टस जितेर ब्याटिङ रोजेपछि नेपालले पहिले बलिङ गर्ने भएको छ ।

नेपालले आजकाे खेलमा टोलीमा एक जना परिवर्तन गरेको छ । अनिल शाहको ठाउँमा कुशल भुर्तेल आएका छन् । यो खेल जितेमा नेपालको फाइनल पुग्ने सम्भावना बलियो हुनेछ । नेपालले भोलि हुने नामिबिया र नेदरल्यान्ड्सबीचको खेलको नजिता पनि कुर्नुपर्नेछ । फाइनल खेल मङ्गलवार हुनेछ ।

नेदरल्यान्ड्स ४ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । नेपाल २ अङ्कसहित दोस्रो स्थानमा र समान अङ्क भए पनि नामिबिया नेट रन रेटका आधारमा पुछारमा छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया