ब्राजिलको राजधानीमा 'एक्स्पो नेपाल २०२४' शुरु

 फागुन १९, २०८० शनिबार १२:३०:३९ | रासस
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डौ – ब्राजिलको राजधानी ब्रासिलियामा नेपाली दूतावास र रक सिद्धि प्रालिको आयोजनामा 'एक्स्पो नेपाल २०२४' शुरु भएको छ । 'एक्स्पाे' मा नेपाली व्यवसायीले २२ प्रदर्शनी कक्ष राखेका छन् ।

प्रदर्शनी कक्षमा नेपाल घुम्न चाहनेका लागि विभिन्न आकर्षक प्याकेजका साथै नेपाली मौलिक खानाका परिकार, नेपाली गलैँचा र नेपाली कलासंस्कृति झल्काउने काठका सामग्री राखिएका छन् ।

एक्स्पो भोलिसम्म चल्नेछ । हिजो भएको समारोहमा विभिन्न २० भन्दा धेरै देशका राजदूतको उपस्थिति थियो । एस्पोले ब्राजिलका नागरिकलाई नेपाल घुम्नैपर्ने देश हो भनेर जानकारी दिन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया