ट्रम्पले राष्ट्रपति चुनावमा भाग लिन पाउने : अमेरिकी सर्वोच्च अदालतले ट्रम्पमाथिको प्रतिबन्ध उल्टायाे

 फागुन २२, २०८० मंगलबार ९:२२:३७ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै - अमेरिकी सर्वोच्च अदालतले राष्ट्रपति चुनावका उम्मेदवार डोनाल्ड ट्रम्पमाथि लगाइएको प्रतिबन्ध खारेज गरेको छ । गएको डिसेम्बरमा अमेरिकी राज्य कोलोराडोको सर्वोच्च अदालतले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चुनाव लड्न प्रतिबन्ध लगाएको थियो ।

अमेरिकी संविधानमा सशस्त्र विद्रोहीलाई राष्ट्रपति चुनाव लड्न प्रतिबन्ध लगाउने व्यवस्था उल्लेख छ । यही अनुसार विभिन्न गतिविधिमा संलग्न भएको आरोपमा ट्रम्पलाई चुनाव लड्न प्रतिबन्ध गरिएको थियो । सर्वोच्च अदालतले ट्रम्पले चुनाव लड्न सक्ने गरी प्रतिबन्ध खारेज गरेपछि ट्रम्पले यो अमेरिकाकै लागि ठूलो जित भन्नुभएको छ ।

डोनाल्ड ट्रम्पले आज राष्ट्रपति उमेद्वार छनोटका लागि हुन लागेको अमेरिकी चुनावको प्रारम्भिक चरणमा भाग लिँदै हुनुहुन्छ । कोलोराडोसहित १५ वटा राज्यले आजको प्रारम्भिक चरणको मतदान गर्नेछन् ।

रिपब्लिकन पार्टीको तर्फबाट राष्ट्रपतिको उमेद्वारको लागि ट्रम्पसँगै निक्की हेली चुनावी अभियानमा हुनुहुन्छ । प्रारम्भिक चुनावमा जसको बहुमत हुन्छ उहाँ नै रिपब्लिकन पार्टीका तर्फबाट अमेरिकामा आउँदो नोभेम्बरमा हुने राष्ट्रपति चुनावको उमेद्वार हुन सफल हुने बीबीसीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया