बाग्लुङको सुतुर्केमा 'डम्पिङ साइट' भरिएपछि कालीगण्डकी करिडोर दुर्गन्धित

 फागुन २२, २०८० मंगलबार १५:२१:४३ | रासस
unn.prixa.net

फाइल फाेटाे

बाग्लुङ – बाग्लुङको बाग्लुङ नगरपालिका सुतुर्केमा 'डम्पिङ साइट' भरिएपछि कालीगण्डकी करिडोर दुर्गन्धित बनेको छ ।

नगरपालिकाले काठेखोला र कालीगण्डकी करिडोर नजिकैको सुतुर्केमा फोहोर फाल्न थालेको एक दशक भयो । त्यसअघि नगरपालिकाले २०५४ सालदेखि कालीगण्डकी किनारमा फोहोर व्यवस्थापन गर्दै आएको थियो । तर अहिले सुतुर्केको 'डम्पिङ साइट' पनि भरिएपछि फोहोर व्यवस्थापनमा चुनौती थपिएको छ ।

अव्यवस्थित फोहोर व्यवस्थापनबाट दैनिक गुड्ने सयौँ गाडी र यात्रु प्रभावित भएका छन् । कुहिने र नकुहिने फोहोर नछुट्याई व्यवस्थापन गर्दा त्यहाँको १० रोपनी जग्गा भरिएको छ भने सुतुर्केको 'डम्पिङ साइट' को असर नजिकैको प्रसिद्ध बाग्लुङ कालिका मन्दिरमा पनि असर पर्न थालेको छ ।

अव्यवस्थित फोहोर व्यवस्थापनका कारण यात्रा गर्न सकस हुने गरेको चालक देवीबहादुर सुनारले बताउनुभयो । गर्मी मौसममा अब यो बाटो भएर हिँड्नै नसक्ने अवस्था हुने उहाँको भनाइ छ ।

नगरपालिकाले फोहोरको दिगो व्यवस्थापनका लागि व्यवस्थित 'ल्यान्डफिल साइट' बनाउने योजना बनाए पनि अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन । बाग्लुङ नगरपालिकाले दैनिक छ टन फोहोर व्यवस्थापन गरिरहेको छ ।

फोहोर व्यवस्थापनका लागि आधुनिक र व्यवस्थित 'डम्पिङ साइट' बनाउने गुरुयोजना बनाए पनि बजेट अभावमा कार्यान्वयन गर्न नसकेको नगरपालिकाका मेयर वसन्तकुमार श्रेष्ठको भनाइ छ ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया