नेपाल फाइनलमा ४ विकेटले पराजित, नेदरल्यान्ड्सले जित्याे त्रिदेशीय टी–२० शृङ्खलाकाे उपाधि

 फागुन २२, २०८० मंगलबार १४:५७:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाकाे फाइनलमा नेपाल नेदरल्यान्ड्ससँग ४ विकेटले पराजित भएकाे छ ।

नेपालले दिएकाे १ सय ८५ रनकाे लक्ष्य नेदरल्यान्ड्सले १९ ओभर ३ बलमा ६ विकेट गुमाएर भेटायाे । नेदरल्यान्ड्सका माइकल लेभिटले ५४, साइब्रान्ड एन्गेलब्रेच्टले ५८ रन बनाए । नेपालका कुशल मल्लले ४ विकेट लिए । 

यसअघि कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेकाे नेपालले २० ओभरमा ८ विकेट गुमाएर १ सय ८४ रन बनायाे । नेपालका आसिफ शेखले ४७, गुल्सन झाले ३४, कुशल मल्लले २६, कप्तान राेहित पाैडेलले २५, कुशल भुर्तेलले २० रन बनाए । नेदरल्यान्ड्सका फ्रेड क्लासेन, टिम भान डेर गुग्टेन, माइकल लेभिट र साइब्रान्ड एन्गेलब्रेच्टले समान २ विकेट लिए ।

त्रिदेशीय शृङ्खलामा नेपाल, नेदरल्यान्ड्स र नामिबिया सहभागी थिए । नेदरल्यान्ड्स शीर्ष र नेपाल दाेस्राे स्थानमा रहँदै फाइनलमा पुगेका हुन् ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया