काठमाण्डौको भिडभाड हुने ठाउँमा क्यामेरासहित प्रहरी परिचालन

 फागुन २४, २०८० बिहिबार १५:३१:३५ | रासस
unn.prixa.net

काठमाण्डौ – जिल्ला प्रहरी परिसर काठमाण्डाैले अपराधजन्य कार्य तथा दुर्घटना रोकथामका लागि ‘बडी वोर्न’ अर्थात शरीरमा जडित प्रहरी परिचालन गरेको छ । शान्ति सुव्यवस्थालाई थप प्रभावकारी बनाउन क्यामेराबाट गोप्य रूपमा निगरानी शुरू गरेको परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भूपेन्द्रबहादुर खत्रीले जानकारी दिनुभयो ।

यो प्रविधि ‘क्विक रेस्पोन्स टीम’ (क्यूआरटी)सँग हुने छ । भीडभाड हुने ठाउँमा क्यामेरा जडित प्रहरी परिचालन हुने उहाँले बताउनुभयो । यो टीमलाई जीपीएस प्रविधियुक्त उपकरण, घुँडा र कुहिनामा लगाउने प्याड, हेल्मेट, चश्मा लगायतका सुरक्षा उपकरण उपत्यका प्रहरी कार्यालयका प्रमुख अतिरिक्त महानिरीक्षक (एआईजी) दीपक थापाले हिजो परिसरमा आयोजित कार्यक्रममा हस्तान्तरण गर्नुभएको थियो ।

पहिलो चरणमा काठमाण्डाै जिल्लाभरिका ६० टोलीलाई डिजिटल प्रविधिसहित परिचालन गरेको एसएसपी खत्रीले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया