काभ्रेको सुन्तला बगैँचामा ‘सूक्ष्म खाद्यतत्व’को अभाव

 फागुन २५, २०८० शुक्रबार १२:२९:५० | रासस
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – पछिल्ला वर्षसम्म सुन्तलाको लागि प्रख्यात काभ्रेको सुन्तला बगैँचामा ‘सूक्ष्म खाद्यतत्व’को अभाव देखिएको पाइएको छ । सुन्तला पकेट क्षेत्रका बगैँचाको स्थलगत अनुगमनका क्रममा सूक्ष्म खाद्यतत्वको अभाव देखिएकाले पुनर्जागृत गराउन आवश्यक देखिएको कृषि विकास कार्यालय धुलिखेलले जनाएको छ ।

समस्याग्रस्त बोटलाई पुनर्जागृत गराउन पहिलो चरणमा पनौती नगरपालिका–१० सत्यालडाँडाका पुरानो बगैँचाका सुन्तलाको बोटमा उपचार शुरु गरिएको छ । पुराना बोट भए पनि समस्याग्रस्त सुन्तला बगैँचाका सुन्तलाको बोट काटेर नष्ट गर्नुको सट्टा सामान्य काँटछाँट गर्ने, ऐजेरु हटाउने र चुन तथा निलोतुथोको प्रयोग गरी पुराना बोटलाई उत्पादनशील अवस्थामा फर्काउन पुराना सुन्तला बोटको उपचार थालिएको कार्यालयका प्रमुख कुलप्रसाद दवाडीले जानकारी दिनुभयो ।

कार्यालयले सुन्तला किसानलाई निलोतुथो, कपरअक्सी क्लोराइड, हाँगा काट्ने आरी, सिकेचर, निलोतुथो, सुन्तला टिप्ने भर्‍याङ तथा स्प्रेयर पम्प ८० प्रतिशत अनुदानमा वितरणसमेत गरेको छ । सूक्ष्म खाद्यतत्वसँगै धुलिखेल, पनौती र नमोबुद्ध तथा बेथानचोक गाउँपालिकाको बगैँचामा नाइट्रोजन, फस्फोरस र पोटासको अभाव देखिएको छ ।

अभाव हटाउन सामान्य काँटछाँट गर्ने, ऐजेरु हटाउने, चुन र निलोतुथो, प्रोटिन बेटको प्रयोग गरी पुराना बोटलाई उत्पादनशील अवस्थामा फर्काउँदा सुन्तलामा सूक्ष्म खाद्यतत्व न्यूनीकरण हुँदै जाने दवाडीले बताउनुभयो। रोगकै कारण सुन्तला उत्पादनमा कमी हुने भएपछि कार्यालयले प्राविधिक सल्लाह तथा आवश्यक औषधि वितरण गर्दै आइएको कृषि प्रसार अधिकृत विवेकानन्द महतले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया