सरकारमा सहभागी हुन अन्य दललाई एमालेको आग्रह

 फागुन २५, २०८० शुक्रबार १५:४:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ — सत्तारूढ नेकपा एमालेले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुन अन्य राजनीतिक दलहरूलाई पनि आग्रह गरेको छ ।

आज बिहान पार्टी मुख्यालय च्यासल ललितपुरमा बसेको पार्टी सचिवालय बैठकले नयाँ सत्ता समीकरणले देशको विद्यमान सङ्कटलाई समाधान गर्न अनुकूलता कायम गरेको निष्कर्ष निकाल्दै एमालेले त्यसलाई साथ र समर्थन गर्न अन्य राजनीतिक दलहरूलाई पनि आग्रह गरेको हो ।

एमाले महासचिव शङ्कर पोखरेलले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको पाँच राजनीतिक दलहरू सम्मिलित गठबन्धन सरकारलाई साथ र समर्थन गर्न अरू दलहरूलाई पनि अनुरोध गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

त्यसैगरी एमालेले आउँदो वैशाख १० गते नेकपा स्थापना दिवस मनाउन विशेष समारोह गर्ने निर्णय गरेको छ । त्यसअघि वैशाख ८ र ९ गते पार्टीको महाधिवेशन प्रतिनिधि परिषद् बैठक पनि बस्ने निर्णय भएको महासचिव पोखरेलले जानकारी दिनुभयो ।

नेपाली कांग्रेस र माओवादी केन्द्रसहितको गठबन्धन टुटेपछि अहिले नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी र नेकपा (एकीकृत समाजवादी) सम्मिलित नयाँ गठबन्धन बनेको छ ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया