सामूहिक आलु खेतीबाट मनाङको तालगाउँका महिला आत्मनिर्भर बन्दै

 फागुन २५, २०८० शुक्रबार १५:१७:३८ | रासस
unn.prixa.net

मनाङ – हिमाली जिल्ला मनाङको तालगाउँका महिला सामूहिक आलु खेतीबाट आत्मनिर्भर बन्दै गएका छन् । नासोँ गाउँपालिका–१ तालगाउँका महिलाले सामूहिकरूपमा आलु खेती गरेका छन् । मनाङमा आलुलाई प्रमुख खेतीका रूपमा लिइन्छ । उनीहरूले व्यावसायिक आलु उत्पादनबाट आयआर्जन गर्दै आएका छन् ।

आफूहरूलाई आलु खेतीले आत्मनिर्भर बन्न सघाउ पुर्‍याएको तालगाउँकी तिरकाशी घलेले बताउनुभयो । जग्गा भाडामा लिएर ११ जना महिलाको समूह बनाएर अहिले १० रोपनी जग्गामा खेती गरिरहेको उहाँले जानकारी दिनुभयो । आलुको उत्पादनबाट आयात गर्नुपर्ने अवस्थाको अन्त्य हुने अपेक्षा गरेको घलेको भनाइ छ । किसान कान्छी गुरुङले एक्लैले काम गर्दा उत्पादन कम हुने भएकाले सामूहिकरूपमा काम थालिएको बताउनुभयो ।

घले र गुरुङ जस्तै अरू महिलाहरू पनि आलुखेतीमा आकर्षित भएका छन् । मनाङ पर्यटकीय क्षेत्र पनि भएकाले उत्पादित आलुको खपतमा खासै समस्या छैन । बाहिरबाट हुने आलुको मागलाई पूर्ति गर्न नसकिएको कृषि ज्ञान केन्द्र मनाङले जनाएको छ । आलुसँगै स्थानीय किसान अहिले जौ, गहुँ, उवा, फापरलगायतको खेतीमा व्यस्त छन् ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया