भक्तपुरको भाज्या पोखरी सर्वसाधारणका लागि खुला

 फागुन २६, २०८० शनिबार १०:२३:४ | रासस
unn.prixa.net

काठमाण्डाै – भक्तपुरको भाजुपुखू अर्थात भाज्या पोखरी सर्वसाधारणका लागि खुला भएको छ । शिवरात्रिको अवसर पारेर हिजो पुननिर्मित पोखरी र जलेश्वर मन्दिर उद्घाटनसँगै सर्वसाधरणका लागि खुल्ला गरिएको हो ।

भक्तपुर नगरपालिकाको कुल एक करोड ८७ लाख ३५ हजार ६ सय ३४ रुपैयाँको लागतमा पुनःनिर्माण सम्पन्न भएको पोखरी एवम् मन्दिरको उद्घाटन हिजाे नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले गर्नुभएकाे हाे ।

उद्घाटनका क्रममा अध्यक्ष बिजुक्छेले भक्तपुरको भाजु पखू मानव सभ्यताको एक महत्वपूर्ण उपलब्धि भएको भन्दै लोपोन्मुख अवस्थामा पुगेको राष्ट्रिय धरोहरलाई पुनःजीवन दिने काममा पुरातत्व विभाग, प्रज्ञा–प्रतिष्ठान र विश्वविद्यालयहरु अग्रसर हुनुपर्नेमा जोड दिनुभयो ।

त्यस्तै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरका अन्य सम्पदाको पुनःनिर्माण जस्तै भाजु पुखू पुनःनिर्माणका क्रममा पुरातत्वविद्, संस्कृतिविद्, इतिहासविद्, वास्तुकलाविद्लगायत सरोकारवालाहरूको सल्लाह र सुझावअनुसार अगाडि बढाएको बताउनुभयो ।

नगरपालिकाले गठन गरेको ६ सदस्यीय अध्ययन टोलीको प्रतिवेदनमा पोखरीको बीचमा ग्रन्थकुट अर्थात् शिखर शैलीको मन्दिर भएको तथ्य समेटिएपछि त्यही अनुसार मन्दिर निर्माण भएको हो । पोखरी उत्खनन क्रममा भेटिएका मूर्ति र प्राप्त सामग्रीका आधारमा त्यहाँ जलेश्वर मन्दिर स्थापना गरिएको छ । पोखरी र मन्दिरलाई परम्परागत र मौलिक शैलीमा नै निर्माण गरिएको छ ।

विसं २०५८ शिवरात्रिकै दिन पाेखरीकाे पुनःनिर्माण शुरु गरिएकाे थियाे । इतिहासविद् पुरूषोत्तमलोचन श्रेष्ठका अनुसार भाजुपुखू करिब १२ औं शताब्दी पुरानो पोखरी हो । पोखरीको पुरातात्विक अवशेषहरूबाट मन्दिरबारेको जानकारी थाहा भएको हो । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया