रक्तदानलाई अभियानकै रूपमा सञ्चालन गर्नुपर्छ : मन्त्री शर्मा

 फागुन २६, २०८० शनिबार १५:४९:३१ | रासस
unn.prixa.net

फाइल तस्बिर

ललितपुर – सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले रक्तदानलाई अभियानकै रूपमा सञ्चालन गर्नुपर्नेमा जोड दिनुभएको छ ।

ब्ल्ड डोनर्स एसोसिएसन नेपाल (ब्लोदान) को आयोजनामा ललितपुरमा आजदेखि शुरु भएको दोस्रो अन्तर्राष्ट्रिय रक्त सम्मेलनको उद्घाटन गर्दै उहाँले स्वयंसेवी रक्तदाताको सङ्ख्या बढाउन सरकारी र गैरसरकारी विभिन्न क्षेत्रबाट निरन्तर अभियान चलाउनुपर्नेमा जोड दिनुभयो ।

सरकारले दिँदै आएको लोककल्याणकारी विज्ञापनमा रक्तदानको चेतनासम्बन्धी सामग्री थप्ने उहाँको प्रतिबद्धता छ । दोस्रो अन्तर्राष्ट्रिय रक्त सम्मेलन आज र भोलि दुई दिन ज्यापु प्रज्ञा भवन भोलढोका, बालकुमारीमा चल्नेछ ।

यो सम्मेलनमा भारतसहित अरू देशका प्रतिनिधि पनि सहभागी भएका ब्लोदानका केन्द्रीय उपाध्यक्ष तथा दोस्रो अन्तर्राष्ट्रिय रक्त सम्मेलन प्रचार–प्रसार उपसमितिका संयोजक राजेश श्रेष्ठले जानकारी दिनुभयो । ब्लोदानले २०७० जेठ ३० र ३१ गते प्रथम अन्तर्राष्ट्रिय रक्त सम्मेलन गरेको थियो ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया