ऐतिहासिक मिथिला माध्यमिक परिक्रमा आजदेखि धनुषामा शुरु

 फागुन २७, २०८० आइतबार ९:३१:३४ | रासस
unn.prixa.net

धनुषा  – १५ दिनसम्म मनाइने ऐतिहासिक मिथिला माध्यमिक परिक्रमा आजदेखि धनुषाको कौचरीबाट शुरु भएको छ । नेपाल र भारतका हजारौँ सङ्ख्याका श्रद्धालु भक्तजनहरुको सहभागिता हुने परिक्रमामा विभिन्न १५ ठाउँमा विश्राम गरी एक सय ३३ किलोमिटर पैदलयात्रा गरिन्छ ।

यात्राका लागि आज बिहान धनुषाको मिथिला विहारी नगरपालिका–८ कौचरीका मिथिला विहारी मन्दिरबाट झाँकी कीर्तनसहित श्रद्धालुहरू प्रस्थान गरेका छन् । आज सबै तीर्थालु हनुमानगढीमा जम्मा हुनेछन् । भोलि बिहानै कल्याणेश्वरको लागि यात्रुहरू प्रस्थान गर्नेछन् भने पर्सि भारतकै फुलहरको गिरिजा स्थानमा पुगेर विश्राम गर्ने मिथिला विहारी मन्दिरका महन्त रामनरेश शरणले बताउनुभयो ।

नेपाल र भारतका विभिन्न पवित्र स्थल घुमेपछि आउँदो चैतको १० गते बिसौलमा पुगेर विधिवतरूपमा मध्यमा परिक्रमा समापन हुनेछ । परिक्रममा सहभागी श्रद्धालुहरू परम्परागत बाजागाजा, झाँकी किर्तनसहितका मौलिक पहिरनमा सहभागिता भएका छन् ।

उनीहरू नेपालको धनुषा र महोत्तरीमा १३ तथा भारतमा दुई गरी १५ विश्रामस्थलमा राति बास बस्छन्।अठारौँ शताब्दीदेखि धार्मिकयात्रालाई माध्यमिकी परिक्रमाको रूपमा मनाइँदै आइएको छ । परिक्रमामा सहभागिता भएमा मन, वचन र कर्मले भएका अनेकन पाप तथा अन्याय नष्ट भएर मनोकामना पूरा हुने एवम् मोक्ष प्राप्ति हुने जनविश्वास रहिआएको छ ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया