पछिल्लो पाँच वर्षमा साइबर अपराधका घटना ६ गुणाले बढ्यो

 फागुन २७, २०८० आइतबार ९:५८:१० | रासस
unn.prixa.net

काठमाण्डौ – पछिल्लो पाँच वर्षमा साइबर अपराधका घटना ६ गुणा धेरैले बढेको पाइएको छ । नेपाल प्रहरीको साइबर ब्यूरोको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७६/७७ मा दुई हजार ३ सय वटा निवेदन आएकामा चालु आर्थिक वर्षको फागुन २३ सम्म १२ हजार ७ सय ८९ वटा निवेदन आएका हुन्।

त्यस्तै आर्थिक वर्ष २०७७/७८ मा ३ हजार ९ सय ६, २०७८/७९ मा ४ हजार ६ सय ८६ र २०७९/८० मा ९ हजार १३ वटा  निवेदन परेको प्रहरी प्रधान कार्यालयले उल्लेख गरेको छ । फागुन २३ गतेसम्म अनलाइन माध्यमबाट पीडित बालकका १ सय ६४, बालिकाका २ सय ४२, महिलाका ५ हजार ७ सय ३, पुरुषका ६ हजार १ सय ७७ र अन्यमा ५ सय ३ गरी जम्मा १२ हजार ७ सय ८९ वटा निवेदन प्रधान कार्यालयमा आएका छन् ।

साइबर ब्यूरोका प्रहरी उपरीक्षक तथा प्रवक्ता दिपकराज अवस्थीले अनलाइन पछिल्लो पाँच वर्षमा साइबर अपराधका घटना ६ गुणा धेरैले बढेको, अश्लील फोटो तथा भिडियो सामाजिक सञ्जालमा प्रकाशित गर्ने, अन्य व्यक्तिको नाम तथा तस्बिर प्रयोग गर्ने, वेबसाइट ह्याकिङ लगायतका अपराधका विभिन्न स्वरुपमध्ये पछिल्लो समय ब्यूरोमा आर्थिक ठगीका निवेदन बढी आएको जानकारी दिनुभयो।

साइबर अपराधका प्रवृत्तिमा विभिन्न किसिमका नग्न तस्बिरमा व्यक्तिको मुहार जोडी अनलाइनमा राख्ने, अश्लील फोटो तथा भिडियो सामाजिक सञ्जालमा प्रकाशित गर्ने, सम्पूर्ण सूचना आफ्नो नियन्त्रणमा लिइ फिरौती माग गर्ने, सामाजिक सञ्जालमा अन्य व्यक्तिको नाम तथा तस्बिर प्रयोग गरेर प्रोफाइल पेज खोली बेइज्जत गर्ने तथा दुःख दिने, सरकारी तथा अन्य सङ्घ संस्थाको वेबसाइट ह्याकिङ गर्ने, अनलाइन ठगी गर्ने जस्ता गतिविधि पर्छन् । 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया