कर्णाली प्रदेशमा जडीबुटी निर्यातबाट दुई करोड ९४ लाख रुपैयाँ राजस्व सङ्कलन

 फागुन २९, २०८० मंगलबार १२:११:५६ | रासस
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – कर्णाली प्रदेशबाट ३२ हजार किलो जडीबुटी निकासी भएको छ । प्रदेश वन निर्देशनालयका अनुसार  गएको  आर्थिक वर्ष २०७९/८० मा जडीबुटी निर्यातबाट दुई करोड ९४ लाख राजस्व सङ्कलन भएको छ ।

प्रदेशका हिमाली जिल्लाबाट धेरै जडीबुटी निर्यात हुने गरेको निर्देशक ललितकुमार कर्णले जानकारी दिनुभयो । उहाँका अनुसार कर्णालीमा ७९ प्रकारका विभिन्न बहुमूल्य जडीबुटी पाइन्छन् । जडीबुटीबाहेक वन क्षेत्रका काठ–दाउरा बिक्रीमार्फत पनि राजस्व आम्दानी हुने गरेको प्रदेश वन निर्देशनालयको तथ्याङ्क छ ।

कर्णालीमा पाइने जडीबुटीको उपयोग भने हुन नसकेको सरोकारवालाहरूले बताउँदै आएका छन् । औषधिजन्य जडीबुटीको प्रशोधन, अध्ययन तथा अनुसन्धान गरेर उत्पादित औषधिबाट बिरामीको उपचार गर्ने उद्देश्यले आयुर्वेद अस्पताल, आयुर्वेद स्वास्थ्य केन्द्र, आयुर्वेद औषधालयहरू सञ्चालन गरेका छन् ।

तर, दक्ष जनशक्ति र पूर्वाधारको अभावका कारण भएका औषधि बनाउने मेसिन पनि जीर्ण बन्न थालेका छन् । कर्णाली प्रदेशमा जडीबुटी सङ्कलन र भण्डार केन्द्र नहुँदा पनि समस्या भएको प्रदेश आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया