नुवाकोटमा बाबुको हत्या गरेको आरोपमा छोरा र बुहारी पक्राउ

 फागुन ३०, २०८० बुधबार १२:२६:५८ | रासस
unn.prixa.net

काठमाण्डौ – नुवाकोटको किस्पाङ गाउँपालिका–५ पोखरीगाउँका भरतबहादुर नेपालीको हत्या गरेको आरोपमा छोरा र बुहारी पक्राउ परेका छन् । ५५ वर्षका भरतबहादुरको गएको बिहीवार मध्यरातमा हत्या भएको थियो ।

हत्यामा संलग्न रहेको आरोपमा १७ वर्षका छोरा र ३७ वर्षकी बुहारीलाई हिजो पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।

घरायसी विषयमा भएको विवादमा १७ वर्षीय युवक र उनकी श्रीमतीले हत्या गरेको प्रारम्भिक अनुसन्धानका क्रममा पाइएको प्रहरी नायब उपरीक्षक खड्काले बताउनुभयो । ती युवकले दुई वर्षअघि विवाह गरेका थिए। 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया