रुसमा राष्ट्रपतीय चुनावका लागि मतदान शुरु

 चैत २, २०८० शुक्रबार १२:१९:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : एजेन्सी

रुसमा राष्ट्रपतीय चुनावका लागि आजदेखि मतदान शुरु भएको छ । पर्सि आइतवार तीन दिनसम्म चल्ने मतदानले देशको नयाँ राष्ट्रपति चयन गर्नेछ । ७१ वर्षीय राष्ट्रपति भ्लादिमिर पुटिन पाँचौँ कार्यकालका लागि स्वतन्त्ररूपमा चुनावमा उठ्नुभएको छ ।

उहाँका प्रतिद्वन्द्वी बलियो नभएकाले पुटिनले अर्को छ वर्षे कार्यकालका लागि सहजै चुनाव जित्ने विश्वास गरिएको बीबीसी हिन्दीले जनाएको छ । उहाँले यसअघि २४ वर्ष रुसको नेतृत्व गरिसक्नुभएको छ ।

पुटिनको विपक्षमा निकोलाई खारितोनोभ, लिओ–निद स्लुतस्की, भ्लादिस्लाभ दाभान्कोभसहित तीन जना उम्मेदवार हुनुहुन्छ । पुटिनविरुद्ध उम्मेदवारी दिए पनि उहाँहरू कोही पनि पुटिनका आलोचक भने हुनुहुन्न ।

भिडियो सन्देश निकालेर पुटिनले आउँदो राष्ट्रपतीय चुनावको परिणामले भावी वर्षका लागि देश विकासको आकार निर्माण गर्ने बताउँदै मतदानमा सहभागी हुन देशवासीलाई आह्वान गर्नुभएको छ ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया