रुसको तेल पूर्वाधारलाई लक्षित गरेर युक्रेनले आक्रमण बढायो

 चैत ३, २०८० शनिबार १५:२४:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

युक्रेनले पछिल्ला हप्ताहरूमा रुसको तेल पूर्वाधारलाई लक्षित गर्दै आक्रमण बढाएको छ । आज मात्रै युक्रेनले रुसका दुई वटा तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण गरेको छ । रुसको समारा क्षेत्रका गभर्नरले युक्रेनी ड्रोनले दुईवटा तेल प्रशोधन केन्द्रमा आक्रमण गरेको बताउनुभएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

आक्रमणबाट मानवीय क्षति नभए पनि एउटा प्रशोधन केन्द्र भने आगलागीबाट नष्ट भएको खबरमा उल्लेख छ । अरु दुईवटा ड्रोनलाई आकाशबाटै खसाल्न सफल भएकाले थप क्षति हुनबाट जोगिएको गभर्नर दिमित्री अजारोभले बताउनुभएको छ ।

रुसमा आजदेखि राष्ट्रपतीय चुनावको मतदान पनि शुरु भएको छ । मतदान तीन दिनसम्म चल्नेछ । राष्ट्रपति भ्लादिमिर पुटिनले जित्ने निश्चित भएको चुनावमा कतै—कतै तोडफोड भएका खबर पनि बाहिरिएका छन् ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया