लुम्बिनीबाट एक हजार दुई सय ५० जना भिक्षुहरुको धम्मयात्रा शुरु

 चैत ३, २०८० शनिबार १७:५०:० | रासस
unn.prixa.net

रासस

रुपन्देही — बुद्धजन्मस्थल लुम्बिनीबाट एक हजार दुई सय ५० जना श्रामणेर अर्थात अल्पकालीन  भिक्षुहरुको धम्मयात्रा आजदेखि शुरु भएको छ । उनीहरुले मायादेवी मन्दिरबाट धम्मयात्रा शुरु गरेका हुन् । यात्रा दुई दिनपछि पूरा हुनेछ  ।

भिक्षुहरुलाई लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण), सदस्य सचिव सानुराजा शाक्य, कार्यकारिणी सदस्य विश्वराज पौडेल, वरिष्ठ निर्देशक ज्ञानिन राई, सूचना तथा जनसम्पर्क अधिकृत डाक्टर हरिध्वज राईले मायादेवी मन्दिर परिसरमा पुष्प अर्पण गरी यात्रा सुरु गराउनुभएको हो ।

लुम्बिनीबाट सुरु भएको धम्मयात्रा आज भैरहवा र भोलि नवलपरासीको रामग्राम पुग्नेछ । लुम्बिनीमा बुद्धशिक्षालाई प्रवर्द्धन गर्ने उद्देश्यअनुरुप धम्मयात्राले समुदायतहसम्म बौद्धशिक्षालाई अघि बढाउन सहयोग पुग्ने कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईले बताउनुभयो ।

लुम्बिनीमा गएको फागुन १६ गतेदेखि एक हजार दुई सय ५० जनालाई कुलपुत्र प्रव्रज्या (अल्पकालीन भिक्षु) गराइएको हो । भिक्षुहरुको जीवनमा धम्मयात्रालाई महत्वपूर्ण मानिने सदस्यसचिव सानुराजा शाक्यले बताउनुभयो ।

यो प्रव्रज्या यही चैत ८ गते समापन हुनेछ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया