इजरायल र हमासबीच आजदेखि पुनः वार्ता हुँदै

 चैत ४, २०८० आइतबार ६:४७:४० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – इजरायल र प्यालेस्टिन बिद्रोही समूह हमासबीच पुनःआजदेखि वार्ता हुँदैछ । कतारमा झण्डै एक महिना चलेको वार्तामा निष्कर्ष ननिस्किएपछि रोकिएको वार्ता आजदेखि पुनः शुरु हुन लागेको एएफपीले जनाएको छ ।

मुसलमानहरूको पवित्र महिना रमदानको शुरुवातपछि पहिलो पटक इजरायली अधिकारी र हमासका नेताहरू वार्ता गर्न लागेका हुन् । रमदान शुरु हुनुअघि नै ६ हप्ताको लागि युद्धविराम गर्ने तयारी गरेको भए पनि हमासले गाजामा स्थायी युद्धबिराम नहुने कुनै पनि सम्झौता नमान्ने बताएपछि सहमति भएको थिएन ।

तर मध्यस्तकर्ताहरुले दुबै पक्षसँग छुट्टाछुट्टै छलफल गरेर पहिलो चरणमा छ हप्ताको युद्धविराम हुने र त्यो अबधिमा इजरायलले राखेका तीन सय ५० प्यालेस्टिनी कैदीको बदलामा गाजामा हमास लडाकूहरूले बन्धक बनाएका ३५ जनाको रिहाइ समावेश हुने गरी सहमति जुटाएको इजिप्टका अधिकारीलाई उद्धृत गर्दै एएफपीले जनाएको छ ।

यस्तै इजरायली सेना गाजामा दुई मुख्य सडकबाट हट्नेछ । खाद्यान्नको चरम अभाव भएको उत्तरी क्षेत्रमा सहायत सामाग्री सहज रुपमा पुर्‍याउन सहजिकरण गर्ने पनि आजको वार्ताले सहमति गर्न सक्ने एएफपीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया