हङकङमा प्रदर्शनमा सहभागी अभिनेता ग्रेगरीसहित १२ जनालाई जेल सजाय

 चैत ४, २०८० आइतबार ९:५३:४६ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डौ – हङकङको जिल्ला अदालतले सन् २०१९ मा भएको विरोध प्रदर्शनमा सहभागी रहेको अभियोगमा थप १२ जनालाई जेल सजाय तोकेको छ । अदालतले अभिनेता ग्रेगरी वोङलाई ६ वर्षसहित अरु ११ जनालाई जेल सजाय तोकेको बीबीसीले जनाएको छ ।

अभियन्ताहरु भेन्टस लाउ र ओवेन चाउविरुद्ध पनि जेल सजाय तोकिएको छ । जेल सजाय पाउनेमध्ये दुई जना पत्रकारमाथि व्यवस्थापिका बैठकमा अबैध रुपमा प्रवेश गरेको आरोप छ भने अरुलाई आन्दोलनमा सहभागी रहेको आरोप छ ।

आरोपितलाई मुद्दा चलाउन मुख्य भूमी चीन पठाउन मिल्ने व्यवस्था भएको सुपुर्दगी कानुनको विरोधमा हङकङमा सन् २०१९ मा विशाल प्रदर्शन भएको थियो । प्रस्तावित कानुनको विरोधमा स्वतन्त्र हङकङ पक्षधर सांसदहरूको आह्वानमा विरोध प्रदर्शन भएको हो । प्रदर्शन महिनौँसम्म चलेको थियो ।

आन्दोलन तीब्र बनेपछि चीनले सन् २०२० मा हङकङका लागि राष्ट्रिय सुरक्षा कानुन लागू गरेको छ । त्यही अनुसार हङकङका प्रजातन्त्रवादी नेता तथा एप्पल डेली नामक पत्रिकाका संस्थापक जिम्मी लाइलगायतलाई यसअघि नै जेल सजाय भइसकेको छ । 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया