ज्वालामुखी विस्फोटपछि आइसल्यान्डमा आपत्कालीन अवस्थाको घोषणा

 चैत ४, २०८० आइतबार १८:३१:५२ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

ठूलो ज्वालामुखी विस्फोट भएपछि आइसल्यान्डमा आपत्कालीन अवस्थाको घोषणा भएको छ । पछिल्लो तीन महिनामा आपत्काल घोषणा भएको यो चौथो पटक हो ।

हागाफेल र स्टोरी–स्कोगफेलको बीचमा रहेको ज्वालामुखीबाट ठूलो लाभा विस्फोट भएको बीबीसीले जनाएको छ । हेलिकप्टरमा प्रभावित क्षेत्रहरूमा उडान गर्नेहरूमध्येका एक विज्ञ म्याग्नस टुमी गुडमुन्डसनले हिजो शनिवारको विस्फोट अहिलेसम्मको सबैभन्दा शक्तिशाली भएको बताउनुभएको छ ।

आइसल्यान्डकाे सबैभन्दा लोकप्रिय पर्यटकीयस्थलहरूमध्ये एक 'ब्लु लगुन' बाट मानिसहरूलाई सारिएको छ । लाभाको पोखरी नै जम्मा भएकाले जोखिम बढिरहेको खबरमा उल्लेख छ ।

लाभा बग्दै समुद्रमा पुग्ने सम्भावना छ । यदl लाभा समुद्री पानीसम्म पुगेमा खतरनाक ग्यास र साना विस्फोटहरू हुन सक्ने डर बढेको छ । यस्तै ज्वालामुखL विष्फोट र लाभा बढ्दै गएमा बिजुली, टेलिफोन र इन्टरनेट सेवा बन्द हुन सक्ने चिन्ता रहेको बीबीसीले जनाएको छ । आइसल्यान्डमा ३३ वटा सक्रिय ज्वालामुखी प्रणाली छन् ।

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया