घरेलु कम्पनीसँग सहकार्य गरेर इरानले तेल उत्पादन बढाउने

 चैत ५, २०८० सोमबार ९:३६:५६ | रासस
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डौ – इरानले आफ्नो तेल उत्पादन बढाउन घरेलु कम्पनीहरूसँग अर्बौं डलरको सम्झौता गरेको छ । पश्चिमी प्रतिबन्धको सामना गरिरहेको इरानको सरकार र व्यवसायीहरूले  ६ वटा प्रमुख क्षेत्रमा दैनिक तेल उत्पादन बढाउनका लागि १३ अर्ब डलरको सम्झौतामा हस्ताक्षर गरेका अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

तेल उद्योगको आधिकारिक समाचार एजेन्सी सानाले यो सम्झौतालाई इरानको ‘पछिल्लो दशकमा सबैभन्दा ठूलो तेल सम्झौता’ भनेको खबरमा उल्लेख छ । एजेन्सीका अनुसार उनीहरूले देशको दैनिक उत्पादनमा तीन लाख ५० हजार ब्यारेल थप्ने लक्ष्य राखेका छन् ।

एक ब्यारेलमा झण्डै एकसय ६० लिटर तेल हुन्छ । अक्टोबरमा इरानी तेलमन्त्री जवाद ओवजीले मार्च १९ को फारसी वर्षको अन्त्यसम्म देशको तेल उत्पादन प्रतिदिन ३६ लाख ब्यारेलसम्म पुग्ने भन्दै नयाँ वर्षमा तेल उत्पादन प्रतिदिन ४० लाख ब्यारेलसम्म पुग्ने दावी गर्नुभएको थियो ।

तेहरानको आणविक कार्यक्रमलाई रोक्न बनाइएको ऐतिहासिक सम्झौताबाट अमेरिका पछि हटेपछि पश्चिमी प्रतिबन्ध पुनः लागू भएसँगै सन् २०१८ मा इरानको तेल क्षेत्र प्रभावित बनेको थियो । पश्चिमी प्रतिबन्धका कारण विदेशी कम्पनीहरू इरान छाड्न बाध्य भएका थिए । 

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया