झापाको कनकाईका किसानले १ करोड रुपैयाँभन्दा धेरैकाे विषादीरहित तरकारी उत्पादन गरे

 चैत ५, २०८० सोमबार १८:४०:३२ | रासस
unn.prixa.net

फाइल फाेटाे

झापा — कनकाई नगरपालिकाका किसानले झण्डै एक करोड ५० लाख रुपैयाँ बराबरको विषादीरहित तरकारी उत्पादन गरेका छन् । नगरपालिकाले विषादीरहित तरकारी उत्पादनका लागि सहयोग गर्न थालेपछि किसानले तरकारी उत्पादन गरेका कनकाई नगरपालिकाका कृषि शाखा प्रमुख यदुकुमार उप्रेतीले जानकारी दिनुभयो ।

विषादी प्रयोग नगरी पनि राम्रो उत्पादन हुन्छ भन्ने विश्वास किसानमा बढेको प्रमुख उप्रेतीले बताउनुभयो । व्यापारीहरूले विषादी प्रयोग नगरिएका तरकारी खोजी–खोजी किन्ने भएकोले बिक्री गर्न पनि सजिलो भएको उहाँले बताउनुभयो ।

नगरपालिकामा सात वटा कृषि समूहले २१ बिघामा तरकारी खेती गरिरहेका छन् भने चार वटा कृषि समूह गठनको तयारी भइरहेको छ । नगरपालिकाले नमुना खेतीका लागि आवश्यक बिउ, मल, प्राविधिक सहयोग गरिरहेको छ ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया