आईपीएल क्रिकेट : आज पञ्जाव र दिल्ली तथा कोलकाता र हैदराबाद खेल्दै

 चैत १०, २०८० शनिबार ११:२७:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज पञ्जाव किङ्ग्स र दिल्ली क्यापिटल्स तथा कोलकता नाइट राइडर्स र सनराइजर्स हैदराबाद खेल्दैछन् । आजको पहिलो खेल नेपाली समयअनुसार दिउँसो पौने ४ बजे पञ्जाव र दिल्लीबिच हुनेछ । पञ्जावको कप्तान शिखर धवन र दिल्लीको ऋषभ पन्त छन् । पन्त झण्डै डेढ वर्षपछि मैदान फर्किदैछन् । सन् २०२२ को डिसेम्बरमा दुर्घटनामा परेसँगै उनी मैदान बाहिर थिए ।

आजको दोस्रो खेलमा राती पौने ८ बजे कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदराबाद खेल्दैछन् । कोलकाताको कप्तानी श्रेयस ऐर र हैदराबादको प्याट कमिन्सले गर्नेछन् । कोलकातामा आईपीएल इतिहासकै सबैभन्दा महँगा खेलाडी अष्ट्रेलियाका मिचेल स्टार्क छन् । उनलाई कोलकाताले २४ करोड ७५ लाख भारुमा अनुबन्ध गरेको हो ।

त्यस्तै अस्ट्रेलिया क्रिकेट टोलीका कप्तान कमिन्स आईपीएल इतिहासकै दोस्रो सर्वाधिक महँगा खेलाडी हुन् । उनलाई हैदराबादले २० करोड ५० लाख भारुमा अनुबन्ध गरेको हो । हिजोदेखि शुरु भएको आईपीएल क्रिकेटमा चेन्नई सुपर किंग्सले विजयी सुरुवात गरेको छ । उसले रोयल च्यालेन्जर्स बैंग्लुरुलाई छ विकेटले हरायो । 

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया