नाइजेरियामा एक सय ३७ जना विद्यार्थी र कर्मचारी १८ दिनपछि अपहरणमुक्त

 चैत ११, २०८० आइतबार १८:२८:३५ | एजेन्सी
unn.prixa.net

एजेन्सी

नाइजेरियामा अपहरणमा परेको १८ दिनपछि विद्यार्थी र विद्यालयका कर्मचारीलाई सेनाले उद्धार गरेको छ । एक अर्ब नाइराको माग गरेर यही मार्चको ७ तारिखमा काडुना राज्यको कुरिगाबाट दुई सय ८७ जना विद्यार्थी र कर्मचारीलाई एक समूहले अपहरण गरेको थियो । केही विद्यार्थी र कर्मचारी भागेका थिए ।

आज बिहान जामफाराबाट एक सय ३७ जनालाई सेनाले अपहरणकारीबाट मुक्त गर्न सफल भएको नाइजेरियाका सैन्य प्रवक्ता मेजर जनरल एडवर्ड बुबा बताउनुभएको समाचार संस्था रोयटर्सले जनाएको छ । उनीहरुलाई जंगलबाट मुक्त गराएको र परिवारलाई बुझाउनुअघि स्वास्थ्य परीक्षण गरिने सेनाको भनाई छ । छुट्न बाँकीको बारेमा सरकारले आधिकारिक रुपमा केही बोलेको छैन ।

नाइजेरियामा फिरौतीका लागि अपहरण गर्ने घटना सामान्य हुँदै गएका छन् । एक दशकअघि आतंकवादी संगठन बोको हरामले दुई सय ७६ जना छात्रालाई अपहरण गरेको थियो, केही छात्रा अहिले पनि रिहा भएका छैनन् ।

यसअघि सन् २०२१ मा पनि एक सय ५० जना विद्यार्थी अपहरणमा परेका थिए । यस पटक पनि अपहरणकारीले सरकारसँग छ लाख ९० हजार अमेरिकी डलर अर्थात् एक अर्बभन्दा धेरै नाइजेरियाली मुद्रा अर्थात नाइराको माग गरेका थिए । सरकारले फिरौती दिन अस्वीकार गर्दै खोजी अभियान चलाएको थियो । नाइजेरियामा अपहरणका घटना दैनिकजसो हुने गरेका छन् । आफ्ना प्रियजनहरूको रिहाईका लागि त्यहाँका नागरिकहरु जग्गा, गाईवस्तु र अन्न बेच्न बाध्य हुने गरेका छन् ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया